काठमाडौं – ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छानिएका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरेको हो ।


ADVERTISEMENT


मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा सर्ट लिस्टिङ गरिएको जनाएका छन् ।


ADVERTISEMENT

# # #


छनोट गरिएका कृतिहरुमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पीपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’ र छुदेन काबिमोको ‘फातसुङ’ रहेका छन् । यस्तै महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पनि उत्कृष्ट सातभित्र अटाएका छन् ।

मदन पुरस्कार गुठीले हरेक वर्ष प्रकाशित हुनेमध्येको उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ । मदन पुरस्कारको राशी २ लाख रहेको छ ।