काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । सिलवाललाई सोमबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सदस्य सचिवमा नियुक्त गरेका हुन् ।


ADVERTISEMENT


केशवकुमार विष्टको कार्यकाल यही असार ९ गते सकिएपछि यो पद रिक्त रहेको थियो । यो पदका लागि निवर्तमान सदस्यसचिव विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइरालालगायत पनि दावेदार थिए ।


ADVERTISEMENT

# # #


तत्कालीन एमालेको युवा संघको उपाध्यक्ष भइसकेका सिलवाल प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।

गोल्डेन गेट कलेजका सञ्चालकसमेत रहेका उनी मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष हुन् । सिलवाललाई यसअघि तदर्थ समितिमार्फत नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वमा स्थापित गर्न खोजिएको थियो ।