काठमाडौँ – नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तेस्रो बिहे गर्न लाग्दैछन् । नेता कार्कीले उत्सव समशेर राणाकी नातिनीसँग ६२ बर्षको उमेरमा बिहे गर्न लागेको जनाइएको छ । तर, बधुको नाम भने खुलाइएको छैन ।


ADVERTISEMENT


बिहेअघि उनले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन् । औपचारिक बिहेको मिति भने सार्वजनिक गरिएको छैन ।


ADVERTISEMENT

# # #


टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरु मात्र रहेको स्रोतले जानकारी दिएको छ । कार्कीले यसअघि बिहे गरेका दुवै श्रीमतीको निधन क्यान्सरको कारण भएपछि उनले तेस्रो विवाह गर्नु परेको हो । कार्कीले पहिलो बिहे तेजबहादुर पछाईंकी छोरीसँग र दोस्रो बिहे परीक्षित नरसिंह राणाकी छोरी आवु राणासँग गरेका थिए । हाल कार्कीसँग जेठी श्रीमतीबाट एक छोरी छिन् ।

भोजपुरको देउराली घर भएका कार्की हाल काठमाडौंको हात्तीगौंडामा बस्दै आएका छन् । अर्थ र जलस्रोतमन्त्री भइसकेका कार्की दोस्रो संविधानसभामा समानुपातिक सांसद थिए ।