काठमाडौं – राजधानीमा काठमाडौंमा बाटिक मेला शुरु भएको छ । इन्डोनेसियाली दूतावास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्धारा आयोजित सो मेला राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको हो ।


ADVERTISEMENT


नेपालका लागि इन्डोनेसियाली राजदूत रिनो पि सोएमर्मो र नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


आइएमई ग्रुप र आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल सहआयोक रहेको उक्त मेलामा इन्डोनेसियाली बाटिकद्धारा निर्मित पहिरनहरु प्रदर्शनमा राखिएको छ । मेलामा बाटिक कपडाका सौखिनहरुका साथै नेपालमा रहेका इन्डोनेसियाली समुदायका नागरिक र नेपाल तथा इन्डोनेसियाका ट्राभल एजेन्सीहरुको पनि सहभागिता रहने छ ।

उक्त मेलाको उद्घाटन गर्दै नेपालका लागि इन्डोनेसियाली राजदूत सोएमर्मोले इन्डोनेसिया र नेपालको सम्बन्धको घनिष्ठताको चर्चा गरिन् । इन्डोनेसिया नेपालको एक हितैषी राष्ट्र हो भन्दै यी दुई देशबीच धार्मिक, सांस्कृतिक लगायतका धेरै क्षेत्रमा असल सम्बन्ध रही आएको स्पष्ट गरिन्।

नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत ढकालले नेपाल र इन्डोनेसियाबीचको असल सम्बन्धको चर्चा गर्दै पछिल्लो समयमा इन्डोनेसिया र विशेषगरी त्यहाँको बाली टापू नेपाली पर्यटकहरुको एक आकर्षक गन्तव्य बनेको बताए । दुई देशबीचका सांस्कृतिक समानताहरुलाई जनस्तरमा पु¥याउन र एकले अर्का देशका पर्यटकहरुलाई आफ्नो देशमा स्वागत गर्नका लागि गएका केही वर्षयतादेखि यस्ता सांस्कृतिक आदानप्रदानका कार्यक्रमहरु जारी राखिएको उनले बताए ।

पछिल्लो समयमा यी दुई देशका नागरिक एक अर्को देशमा पर्यटकका रुपमा भित्रिने संख्यामा उल्लेख्य बृद्धि भएको र यसले आगामी दिनमा नेपालमा इन्डोनेसियाली लगानी आकर्षित गर्न पद्दत पुग्ने ढकालले बताए। उद्घाटन कार्यक्रममा इन्डोनेसियाको कला र संस्कृति झल्किने खालका विविध सांस्कृतिक कार्यक्रम तथा इन्डोनेसियाली बाटिकबाट निर्मित पहिरनहरुको ‘फेसन सो’ पनि प्रस्तुत गरिएको थियो ।

२०७६ साल असार १९ गते विहीवारबाट शुरु भएको उक्त वाटिक प्रदर्शनी २०७६ साल असार २० गते शुक्रबार साँझ ५ बजेसम्म संचालनमा आउनेछ ।