पोखरा– क्षेत्रीय निर्वाचन कार्यालय पोखराले कास्कीका पाँचवटै स्थानीय तहको फोटोसहितको मतदाता नामावली दर्ता साउन महिनाभरि गर्ने भएको छ ।


ADVERTISEMENT


साउन १५ गतेसम्म कार्यालयमा र १६ गतेदेखि चार गाउँपालिकाको सदरमुकामबाट नामावली दर्ता गरिने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए । पोखरा–लेखनाथ महानगरपालिकाका ३३ वटै वडाको भने क्षेत्रीय निर्वाचनको कार्यालयबाटै नामावली दर्ता हुनेछ ।


ADVERTISEMENT

# # #