काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार बलियो मानिएको भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । विर्मिङ्मममा हुने खेलमा भारतले आज जित निकाल्न सके सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।


ADVERTISEMENT


भारतलाई पराजित गरी विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायमै राख्न चाहन्छ । भारत आज पराजित भए श्रीलंकाविरुद्धको अन्तिम खेल जित्नैपर्ने दबाबमा हुनेछ ।


ADVERTISEMENT

# # #


अंक तालिकाको दोस्रो स्थानमा रहेको भारतले खेलेका सात खेलमध्ये पाँच खेलमा जित, एक खेलमा हार र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै ११ अंक बनाएको छ । बंगलादेशले सात खेलमध्ये तीन खेलमा जित र तीन खेलमा हार तथा एक खेलमा वर्षाको कारण अंक बाँड्दै सात अंक जोडेको छ ।