काठमाडौँ – जनता बैंक नेपालले काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले सोमबार काठमाडौँ उपत्यकामा काँडाघारी, वनस्थली र थानकोटमा तथा काठमाडौँ उपत्यका बाहिर बाग्लुङ्गको बाग्लुङ्ग बजार, कपिलवस्तुको तौलिहवा र कैलालीको धनगढीस्थित सेतो पुलमा नयाँ शाखा विस्तार गरेको हो ।


ADVERTISEMENT


तौलिहवा शाखाको उद्घाटन संघीय संसदका सांसद वृजेश कुमार गुप्ताले गरे । उक्त समारोहमा बैँकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँखर क्षेत्रीको समेत उपस्थिति रहेको थियो । यस्तै काठमाडौँ उपत्यकामा रहेका काँडाघारी वीरेन्द्र चोकमा रहेको शाखाको उद्घाटन सञ्चालक लंकबहादुर केसी, वनस्थली खरिबोटमा रोहेको शाखाको सञ्चालक गौतम प्रसाद खनालले गरे भने थानको शाखाको चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरी र बैँकका सञ्चालक बिनित कुमार अग्रवालले संयुक्त रुपमा गरे ।


ADVERTISEMENT

# # #


सेतो पुल धनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बैँकका चिफ बिजनेस अफिसर कल्याण पाँडेले संयुक्त रुपमा गरे । यस्तै बाग्लुङ्ग बजार शाखाको बाग्लुङ्ग उद्योग बाणिज्य संघका अध्यक्ष युवराज जंग राजभण्डारीले उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यको पनि उपस्थिति रहेको थियो ।

यससंगै बैँकका शाखा कार्यालयको संख्या १४१ पुगेको छ । बैँकका काठमाडौँ उपत्यकामा २३ शाखा रहेका छन् । यस्तै बैँकले ५० वटा शाखारहित बैँकिङ्ग सेवा, एउटा सीमित बैकिङ्ग इकाई, ३ एक्टेन्सन काउन्टर तथा १०५ वटा एटीएम मार्फत बैकिङ्ग सेवा उपलब्ध गरिरहेको छ ।