काठमाडौँ – प्रदेश नम्बर १ को संखुवासभामा प्रतिवन्धित विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान भएपछि हेलिकप्टरमा थप प्रहरी खटाइएको छ।


ADVERTISEMENT


प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंबाट सेनाको एमआई–१७ हेलिकप्टरबाट सशस्त्र र जनपद प्रहरीको दुई टोली हेयाङ्लामा पठाइएको हो।


ADVERTISEMENT

# # #


सशस्त्र प्रहरीका निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जना र प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जना सुरक्षाकर्मी हेयाङ्लामा अवतरण गराइएको प्रधान कार्यालयले जनाएको छ।

प्रदेश १ प्रहरी कार्यालयबाट पनि थप मद्दतका लागि टोली पठाइएको छ । सशस्त्र प्रहरीले दिएको विवरण अनुसार प्रहरी टोलीले खाना खाइरहेका वेला गोली चलेको थियो ।