काठमाडौं – नेपाल प्रहरीले प्रहरीले राष्ट्रिय वृक्षारोपण दिवशको अवसरमा देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा शनिबार विभिन्न जातका ग‌री ४० हजार ८ सय ३० वटा विरूवा वृक्षारोपण गरेको छ ।


ADVERTISEMENT


जसमध्ये प्रहरी प्रधान कार्यालयमा १०, महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत ४ हजार २ सय १६, १ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८ हजार, २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ५ हजार ५ सय १, ३ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ४ हजार २ सय २१ विरुवा रोपिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३ हजार ७३, ५ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३ हजार ८ सय २६, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत ७ हजार १ सय ८४ र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ४ हजार ७ सय ९९ वटा विरूवा वृक्षारोपण गरिएको प्रहरीका प्रधान कार्यालयले जनाएको छ ।

वन कार्यालयसँग समन्वय गरी बिरुवा रोपण अभियान अन्तर्गत नेपाल प्रहरीले वृक्षारोपणको साथै सरसफाई र सचेतनामूलक र्‍याली लगायतका कार्यक्रम गरेको हो ।

सो क्रममा सबै प्रहरी कार्यालयहरू समेतमा क्रिसमस ट्री, श्रीखण्ड, कपुर, तेजपत्ता, निबुवा, नासपती, अम्बा, लिची, आँप लगायत विभिन्न जातका गरी उक्त संख्यामा फलफूल लगायत अन्य बिरुवाहरूको वृक्षारोपण गरिएको छ ।