बिराटनगर । युवासंघ नेपाल एक नम्बर प्रदेशले राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्र्तगत शनिबार प्रदेशका चौध वटै जिल्लाहरुका बिभिन्न ठाउँहरुमा एकैपटक वृक्षारोपण गर्ने भएको छ । युवासंघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नम्बर एकका संयोजक पर्शुराम बस्नेतले प्रदेशभरी नै वृक्षारोपणको राष्ट्रिय चाड मनाउने तयारी भईरहेको जानकारी दिए ।


ADVERTISEMENT


प्रधानमन्त्रीको समृद्ध देश सुखी नेपालीको महत्वकाँक्षामा युवाहरुलाई परिचालन गर्दै स्वच्छ वातावरण सुन्दर देश बनाउन युवा संघले भुमिका खेल्ने बस्नेतले बताए ।


ADVERTISEMENT

# # #


आ आफ्नो घर, टोल तथा वरपर वृक्षारोपण कार्यक्रममा साथ दिएर युवासंघ नेपालसंगै हातेमालो गर्न वस्नेतले सबैलाई आग्रह गरेका छन् । धेरै भन्दा धेरै जनसमुदायको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न गर्न युवासंघ नेपालका नेता कार्यकर्ताहरुलाई बस्नेतले आह्वान समेत गरेका छन् ।