नेपालगञ्ज– नेकपा (एमाले) का कावा अध्यक्ष बामदेव गौतमले कसैलाई खुशी बनाउन मात्रै आफ्नो दल संविधान संशोधनको कार्यसूचीमा सहभागी नहुने बताएका छन् ।


ADVERTISEMENT


प्रदेश नं ५ अन्तर्गतका जिल्लाबाट स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट विजयी जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले तराई र पहाडबीच फाटो ल्याउने योजनालाई जनताले निर्वाचनमार्फत असफल बनाएका छन् भने। “कसैलाई खुशी बनाउन संविधान संशोधन हुन सक्दैन, किन र केका लागि संशोधन गर्ने हो औचित्य पुष्टि नै नभएको संशोधनको खेलमा आप्mनो दलको कुनै सहमति हुन सक्दैन”, उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


बुधबारसम्म सञ्चालन हुने सो अभिमुखीकरणमा सहभागीलाई सो दलका नेता विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र गोकर्ण विष्टले प्रशिक्षण दिने जनाइएको छ ।