काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानुन र कानुन कार्यान्वयनको क्रममा प्रहरी दृष्टिकोणमा सबै नागरिक समान हुने धारणा व्यक्त गरेका छन् ।


ADVERTISEMENT


समुदाय–प्रहरी साझेदारी, प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित “प्रहरीसँग एक दिन” कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त धारणा व्यक्त गरे । कानुनले हेर्ने दृष्टिकोण सबैलाई समान हुने विश्वास दिलाउने प्रयास समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत गरिएको चर्चा गर्दै उनले भने, “ नियम पालना गराउँदा वा प्रतिवन्धित काम
गर्न नदिँदा प्रहरीलाई दोष दिने प्रवृत्ति राम्रो होइन ।”


ADVERTISEMENT

# # #


शिक्षाको गुणस्तर राम्रो बनाउन र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी, विद्यालय र समाज एकसाथ मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले बताए । “यही कुरा हरेक स्कुल र समाजमा बुझाउनुपर्छ भन्ने भावना जागेकोले विद्यालय सम्पर्क कार्यक्रम ल्याइएको हो ।” के काम गरे अपराध हुन्छ भन्ने जानकारी नभए पनि अपराधमा फस्ने भएकोले सबैले अनुशासनमा बसेर अगाडि बढेमा समस्या नआउने उनले बताए ।

भूकम्प, प्राकृतिक प्रकोप, सडक सुरक्षा लगायतका सुरक्षामा स्कुलले समेत सामान्य नियम बनाई लागू गर्नुपर्नेतर्फ जोड दिँदै प्रहरी महानिरीक्षक खनालले यस्ता विषयमा समुदाय-प्रहरी साझेदारी कार्यक्रममा विस्तृत व्याख्या गरिएकोले त्यसलाई सबैले मनन् गरी अगाडि बढ्न आग्रह समेत गरे ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले नेपाल प्रहरी सम्बन्धी सामान्य जानकारीको साथै समुदाय(प्रहरी साझेदारी कार्यक्रम र यसप्रति विद्यार्थीहरुको दायित्व सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा विभिन्न स्कुलका शिक्षक तथा विद्यार्थीहरूको सहशभागिता रहेको थियो ।