मोरङ – मोरङमा चट्याङले लागेर तीन जनाको मृत्यु भएको छ । रंगेली नगरपालिका–९ दोहमना बजारमा बुधवार दिउँसो परेको चट्याङका कारण दुई जना वालकको मृत्यु भएको छ । ३ बजे तिर परेको चट्याङमा रंगेली-९ का १५ वर्षीय राजु ऋषिदेव र १६ वर्षीय अभय ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


बाटोमा हिंडिरहेका बेला वर्षासँगै परेको चट्याङले लागेर उनीहरु घाइते भएका थिए । उपचारका लागि अस्पताल पु-याउन साथ दुवै जनाको मृत्यु भएको हो । दुवै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रंगेलीमा राखिएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी खोलामा बाँसको अस्थायी पुल बनाउँदै गर्दा चट्याङले लागेर रतुवामाई नगरपालिका–५ मलाहा टोलका २३ वर्षीय जुगेर मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । पुल बनाउने क्रममा उनलाई चट्याङ लागेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मियाँको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो ।