काठमाडौं – राष्ट्रिय सभाबाट गुठी सम्बन्धी विधेयक औपचारिक रुपमा फिर्ता भएको छ ।


ADVERTISEMENT


मंगलबारको राष्ट्रियसभाको बैठकमा विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको हो । बैठकमा भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।


ADVERTISEMENT

# # #


‘जनताको भावना कदर गरेर प्रस्तुत विधेयक फिर्ता लिइ आवश्यक छलफल तथा परामर्श गर्ने निर्णय गरिएको’ जानकारी गराउँदै उनले विधेयक फिर्ताका लागि बैठकमा प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ को चौतर्फी विरोध भएपछि अघिल्लो साता पत्रकार सम्मेलन गरेर मन्त्री अर्यालले विधेयक फिर्ता हुने जानकारी गराएकी थिइन् ।

गुठी विधेयकले धर्मसंस्कृतिमाथि प्रहार गरेको भन्दै राजधानीका नेवारी समुदायले राजधानीमा विशाल जनप्रदर्शन गरेपछि सरकार विधेयक फिर्ता लिने निर्णयमा पुगेको थियो ।