काठमाडौँ– पाकिस्तानले आइतबार दक्षिण अफ्रिकालाई पराजित गर्दै इङ्गल्याण्डमा जारी विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने आशा जीवितै राखेको छ । यस्तै लगातारको हारपछि दक्षिण अफ्रिका र अफगानिस्तान विश्वकपको दौडबाट बाहिरिसकेका छन् ।


ADVERTISEMENT


श्रीलंकाले आयोजक इङ्गल्याण्डलाई पराजित गरेसंगै विश्कपको परिदृश्य नै परिवर्तन भएको छ ।


ADVERTISEMENT

# # #


कुन टिमले सेमिफाइनलमा स्थान बनाउला ?

विश्वकपको यात्रामा न्यूजिल्याण्ड र भारत अहिलेसम्म अपराजित रहेका छन् । न्यूजिल्याण्ड ६ खेलमा ५ जितसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने भारत भारत ५ खेलमा ४ जितसहित तेस्रो स्थानमा छ । न्यूजिल्याण्ड र भारतबीचको खेल वर्षाले प्रभावित भएपछि दुई टिमले १–१ अंक बाँडेका थिए ।

न्यूजिल्याण्ड सेमिफाइनलमा स्थान बनाउनका लागि मात्र एक जित टाढा रहेको छ । जबकी उसले इङ्गल्याण्ड, अष्ट्रेलिया र पाकिस्तान गरी ३ टिमसंग खेल्न बाँकी नै छ । यस्तै भारतले सेमिफाइनलको सिट सुरक्षित गर्त दुईवटा जित निकाल्नुपर्ने छ । कोहली नेतृत्वको टिमले आयोजक इङ्गल्याण्ड, वेष्ट इण्डिज, श्रीलंका र बंगलादेशसंग खेल्न बाँकी छ । त्यसकारण दुई जित निकाल्नु उनीहरुका लागि पनि त्यती गाह्रो छैन ।

अष्ट्रेलियाको कुरा गर्दा उसले पनि विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ । ६ खेलमा ५ जित हात पारेको अष्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । उसले भारतसंग हार व्यहोरेको थियो । इङ्गल्याण्ड, न्यूजिल्याण्ड र दक्षिण अफ्रिकासंग खेल्न बाँकी रहेको अष्ट्रेलियाले ३ मध्ये एक जित हात पार्नासाथ सेमिफाइनलको टिकट पक्का गर्नेछ । निकै नै लयमा रहेका अष्ट्रेलियाका खेलाडीका लागि एक जित कुनै असम्भव  छैन ।

यदि उनीहरुले कुनैपनि बाँकी खेलमा कुनैपनि जित हात पार्न सकेनन् भने श्रीलंकाले कम्तीमा दुई, बंगलादेश र पाकिस्तानले कम्तीमा १-१ खेल हारोस् भनेर कामना गर्नुपर्नेछ ।

इङ्गल्याण्डको के ?

विश्वको नम्बर एक एकदिवसीय राष्ट्र, विश्वकपको आयोजक, तर उसले पाकिस्तान र श्रीलंकासंग अप्रत्याशित हार ब्यहोरेपछि तालिकामा केही गडबडी आएको छ । इङ्गल्याण्ड ६ खेलमा ४ जितसहित अंकतालिकामा चौथो स्थानमा रहेको छ । उसले लयमा रहेका भारत, न्यजिल्याण्ड र अष्ट्रेलियासंग खेल्न बाँकी नै छ । यदि इङ्गल्याण्ड बाँकी तीनवटै खेलमा पराजित भएमा उसको ८ अंक मात्रै हुनेछ । जुन विश्वकपको अघिल्लो चरणमा पुग्नका लागि प्रयाप्त हुनेछैन ।

उसले बाँकी एक खेल जितेमा पनि सेकिफाइनलका लागि ग्यारेन्टी हुनेछैन । यदि श्रीलंकाले बाँकी तीन खेलमा सबैमा जित हात पारेमा उसले १२ अंक बनाउने छ । जुन इङ्गल्याण्डको भन्दा बढी हुनेछ ।

८ अंकमै रहेमा ?

– श्रीलंकाले बाँकी सबै खेल हार्नुपर्छ ।
– पाकिस्तानले बाँकी तीनमध्ये दुई र  बंगलादेशले बाँकी दुबैमा हार ब्यहोर्नुपर्नेछ ।
– वेष्ट इण्डिजले एक खेल हार्नुपर्नेछ ।

श्रीलंका

६ खेलमा दुईजितसहित ६ अंक र इङ्गल्याण्डविरुद्धको अप्रत्याशित जितले श्रीलंकालाई मानसिक रुपमा बलियो बनाएको छ । उसले अब दक्षिण अफ्रिका, वेष्टइण्डिज र भारत गरी तीन टिमविरुद्ध खेल्न बाँकी छ । तर श्रीलंकाका लागि यी खेल सजिला भने छैनन् । १२ अंक पुर्याउनका लागि उसले बाँकी सबै खेल जित्नुपर्ने हुन्छ ।

यदि दुई खेलमा जित निकालेर १० अंक पुर्याएमा इङ्गल्याण्डका बाँकी तीन खेलमा हारको कामना गर्नुपर्नेछ । यस्तै बंगलादेशले बाँकी दुई खेलमध्ये एउटामात्रै जित्नुपर्ने छ भने पाकिस्तानले कम्तीमा एक खेल हार्नुपर्नेछ । तर श्रीलंकाले बाँकी कुनैमा जित हात पार्न सकेन भने विश्वकपको दौडबाट बाहिरिनेछ ।

बंगलादेश

बंगलादेशले ७ खेलमा ३ जित हात पारेको छ । उसले भारत र पाकिस्तानसंग खेल्न बाँकी नै छ । बाँकी सबै खेलमा जित हात पारेमा बंगलादेशको ११ अंक हुनेछ । बंगलादेश सेमिफाइनल पुग्नका लागि :

–इङ्गल्याण्डले बाँकी एक खेल मात्रै जित्नुपर्नेछ ।
–श्रीलंकाले बाँकी सबै खेल हार्नुपर्नेछ ।

वेष्ट इण्डिज

वेष्ट इण्डिजको ३ खेलमा १ जितसहित ३ अंक रहेको छ । उसले भारत, श्रीलंका र अफगानिस्तासंग खेल्न बाँकी नै छ । बाँकी सबै खेलमा जित हात परेमा पनि उसले इङ्गल्याण्डको बाँकी सबै हारको कामना गर्नुपर्ने छ । यस्तै वेष्ट इण्डिजको सपना पूरा हुन बंगलादेश र श्रीलंकाले १-१ तथा पाकिस्तानले कम्तीमा दुई खेल हार्नैपर्नेछ ।

पाकिस्तान 

पाकिस्तानको दौड सन् १९९२ मा विश्वकप जित्दाको जस्तै रहेको छ । दक्षिण अफ्रिकाविरुद्धको जितसंगै उसको ६ खेलमा ५ अंक रहेको छ । यसले अफगानिस्तान, न्यूजिल्याण्ड र बंगलादेशसंग खेल्न बाँकी नै छ । यदि बाँकी सबै खेल जितेमा उसले ११ अंक बनाउने छ । पाकिस्तान सेमिफाइनलमा पुग्नका लागि इङ्गल्याण्डले २ तथा बंगलादेश र श्रीलंकाले कम्तीमा १-१ खेल हार्नुपर्नेछ ।