एजेन्सी – विश्वकप क्रिकेटमा आज बंगलादेश र अफगानिस्तान भिड्दैछन् । आफुले खेलेका ६ खेलमा सबैमा हार ब्यहोरेको अफगानिस्तान ६ खेलमा २ जित हात पारेको बंगलादेशविरुद्ध आज मैदान उत्रिँदैछ ।


ADVERTISEMENT


सबै खेलमा पराजित भएपछि अफगानिस्तान अघिल्लो चरण (सेमिफाइनल) पुग्न असफल भएको छ । अर्थात विश्वप क्रिकेटको दौडबाटै बाहिरिसकेको छ । तर बंगलादेशको भने सेमिफाइनलको यात्रा तय गर्ने आशा कायमै छ । जसका लागि बंगलादेशलाई अफगानिस्तानविरुद्ध जित ननिकालेर सुखै छैन । तर, खेलअघि अफगानिस्तानका कप्तान गुलबादिन नैवले बंगलादेशलाई चेतावनी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनले आफू बाहिरए जस्तै बंगलादेशलाई समेत बाहिर पुर्याउने चेतावनी दिएका हुन् ।

‘हामीले यसअघि नै डुबिसकेका छौँ । तर, तिमीलाई पनि हामीसंगै लिएर जान्छौँ ।’ बंगलादेशलाई चेतावनी दिँदै अफगानिस्तान क्रिकेट टिमका कप्तान गुलबादिन नैवले भने । उनले भारतलाईसमेत चुनौति दिएको बताउँदै बंगलादेशविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरे ।

‘हामीले भारतजस्तो विश्वकै उत्कृष्ट ब्याटिङ भएको टिमलाई पनि हामीले चुनौति दिएका थियो । यदि पिचले हाम्रा स्पिनरलाई मदत गर्छ भने हामीसंग खेल्न बंगलादेशमात्रै होइन, जुनसुकै टिमलाई गह्रो हुन्छ’ नैवले भने, ‘हामीले सुरुवाती दुई खेलमा परिस्थिति फरक थियो । पिच एशिया क्षेत्रको जस्तो नभएर हामीलाई साथ दिइरहेको थिएन । तर पछिल्लो दुई खेलमा हामी लयमा आउने प्रयास गर्दैछौँ ।’