बेँसीशहर, लमजुङ– मनाङमा नागरिकताभन्दा राहदानी बढी वितरण भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा १३७ जनाले नागरिकता लिएका छन् । सोही आवमा ८३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । कार्यालयका नासु भेषबहादुर जिटीका अनुसार सोही आवमा २४४ जनाले राहदानी लिएका छन् ।


ADVERTISEMENT

# # #


एक सय ९९ जनाले दोब्बर दस्तुर तिरेर द्रुत सेवामा तथा ४५ जनाले कार्यालयबाटै राहदानी लिएका हुन् । राहदानीबाट रु दुई लाख २५ हजार राजश्व संकलन भएको छ ।