विराटनगर- इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले फेरि माफी मागेका छन् ।


ADVERTISEMENT


पछिल्लो समय एकपछि अर्को विवादमा मुछिएका मेयर चौधरीले इटहरीमा यौनधन्दा मौलाएको भन्दै सार्वजनिक मञ्चबाटै र*डी जिन्दाबादको नारा लगाएका थिए ।


ADVERTISEMENT

# # #


चौतर्फी आलोचना भएपछि मयर चौधरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै क्षमायाचना गरेका हुन् ।

‘महिला दिदी बहिनीप्रपच मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन’ जारी विज्ञप्तीमा उनले भनेका छन्, ‘मैले बोलेका केही शब्दहरूले महिला दिदी बहिनीको भावनामा चोट पुग्न गएकोमा दुःख व्यक्त गर्दै क्षमायाचना गर्दछु ।’

यस्तै उनले यौनधन्दालाई नरोकेर इटहरीलाई समुन्नत बनाउन नसकिने दाबी गरेका छन् ।

‘समाजमा अपाच्य हुने यौनजन्य गतिविधिलाई नियन्त्रण गर्नु अहिले एक प्रमुख चुनौती हो ।’ उनले भनेका छन्, ‘इटहरीमा मौलाउँदो यौनधन्दालाई नरोकी समुन्नत इटहरीको कल्पना अधुरो रहन्छ ।’

यसअघि पत्रकारलाई दुव्र्यवहार गरेकोमा पनि उनले माफी मागेका थिए ।