काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नु पर्ने बताएका छन् । अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए । “योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा धेरै अघिबाट सुरु भएको हो ” उनले भने, “मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ ।”


ADVERTISEMENT

# # #


उनले नेपालमा योगको अभ्यास परम्परागतकाल देखि हुंदै आएका प्रमाणहरु धेरै भेटिएको उल्लेख गरे । “हामीले पाँच-छ हजार वर्ष पहिलेका मूर्तीहरु हेर्यौं भने पनि योगका विभिन्न आशनमा देखिन्छन् ” प्रधानमन्त्री ओलीले भने ।

उनले नेपालको कोशी किनारमा वेदका ऋचाहरुको रचना भएको उल्लेख गरे । “यस्तो ज्ञान भूमीमा बस्ने हामीहरु केही समय पछि परेका हौं तर अब त्यो अवस्था रहदैन ” ओलीले थपे । उनले लोभ मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताए ।

प्रधानमन्त्री ओलीले देशलाई आवेश उत्तेजनातिर लैजान खोजिएको बताए । तर त्यस किसिमका प्रयासलाई निस्तेज गरेर सरकार देशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।