काठमाडौँ – नेकपाको विद्यार्थी संगठन युवासंघ नेपालका सहसंयोजक रमेश पौडेलले स्थानीय तहमा कर्मचारी भर्ना गर्नेगरी लोकसेवा आयोगले गरेको विज्ञापन रोक्न नहुने बताएका छन् । विज्ञापन रोक्दा मुलूकलाई ठूलो घाटा हुने र हजारौँ विद्यार्थीको भविष्य अन्धकारमा जाने उनले तर्क गरे ।


ADVERTISEMENT


बजेट कार्यान्वयन गर्नका लागि कर्मचारीको आवश्यकता पर्ने भएकाले कर्मचारी नहुँदा विकास खर्चप्रभावित हुने उनले बताए । सरकारले ल्याएको जनप्रिय बजेट कार्यान्वयन र विकास खर्च गर्नको लागि कर्मचारी जरुरी छ । तर, पूर्ति गर्न ढिला भैइसक्यो ।’ उनले भने, ‘चालु आर्थिक वर्षमा न्यून विकास खर्च हुनुको मुख्य कारण प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव हुनु हो ।’


ADVERTISEMENT

# # #


लोकसेवा आयोगले लिने परीक्षा प्रणाली अत्यन्त स्वच्छ, पारदर्शी र विश्वसनीय रहेको भन्दै स्वच्छ संस्थालाई विवादमा ल्याउन नहुने उनले बताए । पौडेलले लोकसेवालाई पन्छाएर करारमा कर्मचारी भर्ना गर्दा राहत कोटामा भर्ना भएका शिक्षकहरुको जस्तो समस्या आउने बताए ।