काठमाडौँ – संसदीय समितिले बोलाएको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित भएपछि प्रतिनिधिसभाका सांसदहरु आक्रोशित बनेका छन् ।


ADVERTISEMENT


शुक्रबार बिहान ८ बजे लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी माग गरेको विषयमा जानकारी लिन राज्य व्यवस्था तथा सुशासन समितिले बोलाएको बैठकमा मन्त्री पण्डित आफू नगएर सचिव यादव कोइरालालाई पठाएका थिए ।


ADVERTISEMENT

# # #


बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् सांसद दिलेन्द्रप्रसाद बडुले स्थानीय तहमा कर्मचारी नियुक्ती गर्ने विषयमा पनि मन्त्री पण्डित जिम्मेवार नभएको उल्लेख गर्दै आपत्ति जनाए । उनले मन्त्रीको अनुपस्थित संसदिय मर्यादाविपरीत भएको बताए ।

सांसद बडुले संविधान विपरित आएको सो विज्ञापन तत्काल खारेज गर्न पनि सरकारलाई पुनः दवाव दिए । उनले स्थानीय तहमा तत्कालका लागि अस्थायी वा करारमा कर्मचारी नियुक्त गर्ने व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।

मन्त्रीका कारण समितिले निर्णय रोक्न नहुने राजपा अध्यक्ष मण्डलका नेतासमेत रहेका सांसद राजेन्द्र महतोले बताए । ‘या त समितिले मन्त्रीको अनुपस्थितबिना कुनै बैठक बस्दैन भन्ने निर्णय गर्नुपर्छ । होइन भने विज्ञापन रोक्न निर्देशन गर्नुपर्छ’, महतोले समिति बैठकमा भने, ‘आज पनि मन्त्री छैन । अस्ति पनि यही भनेर बैठक स्थगित गरेको होइन र ?’

नेकपाका नेता जनार्दन शर्मा, पम्फा भुसालले तत्काल समितिले विज्ञापन रोक्न निर्देशन दिनुपर्ने मत बैठकमा राखे। तर, नेकपा सांसद् नवराज सिलवाल, विजय सुब्बाले भने मन्त्रीको अनुपस्थितिमा निर्देशन जारी गर्नु उपयुक्त नहुने बताए

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले भने स्थानीय तहको माग अनुसार नै लोक सेवा आयोगमार्फत स्थानीय तहको कर्मचारीका लागि पनि विज्ञापन खुलाइएको स्पष्टिकरण दिए ।