रौतहट – एक हजार दरका नक्कली नेपाली नोट २ लाख सहित दुईजना पक्राउ परेका छन् । रौतहटको कटहरिया नगरपालिका-५ कटहरिया बजारबाट मंगलबार बेलुका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा सोही नगरपालिका-७ बस्ने ६१ वर्षीय जियालाल महतो र मौलापुर नगरपालिका-७ बस्ने ४० बर्षीय विहारी साह रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय कटहरिया रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा शंकास्पद तवरले हिँडिरहेका उनीहरुलाई जाँच गर्दा जियालाल र विहारीको साथमा उक्त नक्कली नोट एक हजार दरका १-१ लाख फेला पारी पक्राउ
गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।