काठमाडौं– प्रभु इन्स्योरेन्स लिमिटेड र बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर बीच नगद रहित सेवा सम्वन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा बि। एण्ड सी। मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईले हस्ताक्षर गरे ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट सवारी साधन बिमा गराउने ग्राहकहरुले सवारी साधन दुर्घटनाको कारण यात्रु तथा तेश्रो पक्ष घाईते भई तथा औषधोपचार बिमा गराउने ग्राहकले बिरामी भई बि। एण्ड सी। मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएतापनि बिमालेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।