सुनसरी । नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरणताका भएको गोप्य सहमतिलाई मिडियाले गलत व्याख्या गरिदिएको आरोप लगाएका छन् ।
प्रचण्डले धरानमा किरात राई यायोक्खा सुनसरीद्वारा आयोजित साकेला उभौलीको समापनमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मिडियाले लेखिदिएका र प्रसारण गरिदिएका गलत व्याख्याको पछि नलाग्न आग्रह समेत गरेका छन् ।
नेकपाका दुई अध्यक्ष मध्ये जस्ले पनि ५ वर्षसम्मै प्रधानमन्त्री चलाउन सक्ने बताएका छन् । उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने बताए ।
प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी ओली भारत भ्रमणमा रहेका बेला दाहालले पूर्व सहमतिअनुसार नै ओलीले प्रधानमन्त्री पद आफूलाई सुम्पिने आशय व्यक्त गरेका थिए ।