काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सपथ समारोहमा सहभागी भएर उनी शुक्रबार साँझ स्वदेश फर्किएका हुन् ।


ADVERTISEMENT


भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको सपथ समारोहमा भाग बिहीबार उनी भारतको नयाँ दिल्ली गएका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीले आजै मोदीसंग द्विपक्षीय भेटवार्ता गरेका थिए ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
मोदीलाई प्रधानमन्त्री ओलीको उपहार रुद्राक्ष !

भेटवार्ताका क्रममा दुईपक्षीय सम्बधबारे छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीष कुमारले जनाएका छन् ।

यसअघि पहिलो पटक प्रधानमन्त्रीको शपथ लिँदा सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका मोदीले यसपटक भने बिमस्टेकसहितका १० राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलाई निम्ता दिएका थिए ।