काठमाडौँ – राजधानीमा जारी प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई १८६ रनको मध्यम चुनौति दिएको छ ।बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो


ADVERTISEMENT


मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पुलिसले अमित श्रेष्ठको शतकको मदतमा ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १८५ रन बनायो । पुलिसका लागि पहिलो शतक हानेका अमितले ११८ बलमा १०६ रन बनाउँदा १५ चौका र एक छक्का हाने । यस्तै कुशल भुर्तेलले २४ रन बनाउँदा कप्तान मञ्जित श्रेष्ठ र रामनरेश गिरिले समान ११ रन बनाए । पवन सर्राफले १० रन जोडे ।


ADVERTISEMENT

# # #


प्रदेश १ का लागि सिद्धान्त लोहनी, फिरोद अन्सारी, कमल खत्री, दिपेश कँडेल र पुष्प थापाले समान २-२ विकेट लिए ।

प्रदेश २ को पहिलो जित

प्रदेश नं २ ले प्रतियोगितामा पहिलो जित हात पारेको छ । बुधबार भएको खेलमा प्रदेश नं २ ले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

कर्णाली प्रदेशले दिएको ९४ रनको लक्ष्य प्रदेश २ ले एक विकेट गुमाएर १६ ओभरमा पूरा गर्यो । उसका लागि हरिशंकर शाहले अर्धशतक प्रहार गरे । ६४ बलमा उनले ५ चौकाको मदतमा अविजित ५५ रन बनाए । यस्तै हसिम अन्सारीले १७ रन बनाउँदा रभी कुमार शाह १६ रनमा नटआउट रहे ।

कर्णालीका लागि प्रकाश जैशीले एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिलो ब्याटि गरेको कर्णलीले ३०.४ ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमै सिमित भयो । उसका लागि प्रकाश जैशीले ३७ र कप्तान रविन्द्र जंग शाहीले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

प्रदेश २ का लागि कुमार थापाले ३ विकेट लिए भने राशिद खान, शरिशंकर साह र सम्साद शेखले समान २-२ विकेट लिए । दिभ्यांसु मालिकका नाममा १ विकेट रहयो ।