काठमाडौँ – एनआईसी एशिया बैंकले तीनवटा अस्पतालसंग एकैसाथ स्वास्थ्य सेवामा छुटसम्बन्धि सम्झौता गरेको छ । बैँकले ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल, काठमाडौंसंग सम्झौता गरेको हो ।


ADVERTISEMENT


सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गरिने छ । जसका लागि ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २० प्रतिशत, कान्तिपुर डेन्टल हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत र स्टार हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


ग्रिनसिटी हस्पिटलसँगको सम्झौता पत्रमा ग्रिनसिटी हस्पिटलको तर्फबाट हस्पिटलका वरिष्ठ प्रबन्धक मनिष दवाडीले हस्ताक्षर गरेका छन् । यस्तै कान्तिपुर डेन्टल हस्पिटलसँगको सम्झौता पत्रमा हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बुद्धिमान श्रेष्ठले र स्टार हस्पिटलसँगको सम्झौतापत्रमा हस्पिटलको तर्फबाट प्रमुख परिचालन अधिकृत सन्देश जिसीले हस्ताक्षर गरेका छन् ।

बैंकका तर्फबाट सम्पूर्ण सम्झौतापत्रहरुमा बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले हस्ताक्षर गरे । बैंकले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।