काठमाडौं – नेपालमा पहिलो पटक क्रिकेट प्रशिक्षक संघ गठन भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटा संघको अध्यक्ष बनेका छन् ।


ADVERTISEMENT


मंगलबार गठन गरिएको संघमा १४ क्रिकेट प्रशिक्षकहरु सदस्यमा च्निएका हुन् । क्रिकेट प्रशिक्षकहरुको हकहितलाई मध्ये नजर गर्दै संघ गठन गरिएको बताइएको छ ।


ADVERTISEMENT

# # #


टमाटा अध्यक्ष रहेको समितिमा राजु बस्न्यात उपाध्यक्ष रहेका छन् भने बसन्त शाहीलाई सचिव र कैलाश विष्टलाई कोषध्यक्षको जिम्मेवारी दिइएको छ । यस्तै कार्यकारी सदस्यहरुमा शेरबहादुर लामा, निरा राजोपाध्याय, सामसन जंग थापा, प्रकाश शर्मा, मनोज कटवाल, रिजन प्रिजु र ज्ञानेन्द्र क्षेत्री रहेका छन् ।

संघको सल्लाहकारका रुपमा उपेन्द्र भट्टराई, अरुण अर्याल र सुनोज भट्टराईलाई तोकिएको छ ।