सुनसरी – आफ्नै श्रीमतीलाई छुरा प्रहार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । धरान उपमहानगरपालिका– १३ जानकी चोक बस्ने ३२ वर्षीया ललिता लिम्बुलाई छुरा प्रहार गरेको आरोपमा ३२ वर्षीय चन्द्रबहादुर लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


उनले मादक पदार्थ सेवन गरेका चन्द्रबहादुरले घरायसी विवाद हुँदा छुरा प्रहार गरेको प्रहरी जनाएको छ । प्रहरीले लिम्बुलाई १ थान सहित पक्राउ गरेको हो । छुरा प्रहारबाट घाइते भएकी ललिताको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले यस सम्बन्धमाआवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।