काठमाडौं– प्रभु बैंकले कञ्चलनपरको शुक्लाफाँटा नगरपालिका १० स्थित झलारीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा बैंकले झलारी शाखा संचालनमा ल्याएको जनाएको छ ।


ADVERTISEMENT

# # #


शाखा कार्यालयको शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरबाट एक समारोहका बीच उद्घाटन भयो ।

कार्यक्रममा बोल्दै मेयर ऐरले बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस झलारी शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको भएको बताए ।