काठमाडौँ – माछापुच्छ्रे बैंकले डडेलधुरामा आफ्नो ९९ र १०० औं शाखारहित बैँकिङ सेवा संचालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकले डडेलधुराको अजयमेरू गाउँपालिका–२ स्थित चमाडा र अमरगढी नगरपालिका–७ स्थित पोखरामा थप २ शाखा रहित बैकिङ सेवा संचालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


योसहित माछापुच्छ्रे बैंकको हालसम्म १०० शाखा रहित बैँकिङ सेवा सुचारु भईसकेको बैँकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैँकले आफ्ना १०१ वटा शाखाहरु लगायत १०० शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा २०१ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैँकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैँकको देशभर १२२ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।