काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नाम अगाडि राखेको ‘चौकिदार’ शब्द हटाएका छन् । भारतमा जानरी निर्वाचनको मतगणनामा मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा)को एकल बहुमत लगभग निश्चित भएपछि उनले आफ्नो नामअघिको ‘चौकिदार’ शब्द हटाएका हुन् ।


ADVERTISEMENT


शब्द हटाएपछि नरेन्द्र मोदीले चौकिदारको स्प्रिटलाई अर्को चरणमा लैजाने समय आएको बताएका छन् । ‘मेरो ट्वीटर एकाउन्टबाट ‘चौकिदार’ शब्द हटाएको छु । तर, आगामी दिनमा यो अभिन्न अंगका रुपमा मसंग रहनेछ ।’


ADVERTISEMENT

# # #


गत मार्च १५ मा मोदीले आफ्नो ट्वीटर एकाउण्टमा एक भिडियो जारी गरेर ‘म पनि चौकिदार’ अभियान सुरु गरेका थिए ।

– हार स्वीकार्दै राहुल गान्धीले दिए मोदीलाई बधाई

– प्रधानमन्त्री ओलीद्वारा मोदीलाई टेलिफोनमार्फत बधाई

के हो ‘चौकीदार’ काण्ड ?

भारतीय आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले गत फागुन २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भाजपालाई लक्षित गर्दै ट्वीट गरेकी थिइन् ।

उनले ट्वीट भारतमा आसन्न लोकसभा चुनावमाफर्त ‘चौकादार’ नभई प्रधानमन्त्री चुन्नु पर्ने र चौकिदार त नेपालबाटै मगाउन सकिने जस्तो अपमानजनक भाषा प्रयोग गरेकी थिइन् । उनलेका ट्वीटपछि व्यापक आलोचना भएपछि नेपालीसामू माफी मागेकी थिइन् ।