एजेन्सी – एक महिना लामो चुनावी सरगर्मीपछि भारतमा बिहीबार सुरु भएको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) एक्लै बहुमत नजिक पुगेको छ ।


ADVERTISEMENT


बिहीबार विहान स्थानीय समयअनुसार ८ बजेदेखि सुरु भएको मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्सले ५ सय ४३ मध्ये ३ सय ४५ सिटमा अग्रता लिएको छ ।


ADVERTISEMENT

# # #


जसमा बीजेपी २ सय ९० भन्दा बढी सिटमा अग्रता लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि सन् २०१४ को निर्वाचनमा बीजेपीले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । बहुमतका लागि २ सय ७२ सिटमा जित हासिल गर्नुपर्छ ।

अहिलेको निर्वाचन परिणामले भारतमा बीजेपीको लोकप्रियता नघटेको देखाएको छ । त्यसको विपरीत बरु मतगणनाको प्रारम्भिक नतिजाले सत्तारुढ गठबन्धन अघिल्लो निर्वाचन भन्दा बढी सिट जित्नेतर्फ उन्मुख देखिएको छ ।

भारतको गुजरात र राजस्थान राज्यका सबैजसो सिटमा बीजेपीले अग्रता लिएको छ । त्यस्तै पश्चिम बंगाल र ओडिसामा पनि भाजपाले धेरै सिटमा अग्रता लिएको छ । गुजरातका सबै २६ सिटमा बीजेपीले अग्रता लिएको छ ।

बीजेपीले उत्तर प्रदेशमा ५६ सिटमा अग्रता हासिल गरेको छ । त्यसपछि बहुजन समाजवादी पार्टीले १२, समाजवादी पार्टीले ८ र कांग्रेसले १ सिटमा अग्रता लिएको छ । त्यस्तै बिहारमा बीजेपीले १६, जनता दल युनाइटेडले १६ स्थानमा अग्रता लिएको छ । बीजेपीले पश्चिम बंगलालमा १७, महाराष्ट्रमा २३, राजस्थानमा २४ र मध्य प्रदेशमा २८ स्थानमा अग्रता लिएको छ ।