काठमाडौँ – नेपाली सेनामा कार्यरत रथीदेखि महा सेनानीसम्मका २० जनालाई ‘प्रकृति संरक्षण पदक’ प्रदान गरिएको छ ।


ADVERTISEMENT


विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधतामा रहि प्रकृति संरक्षणमायोगदान पुर्याउँदै आएका उनीहरुलाई आइतबार प्रधान सेनापति पूर्णचन्द्र थापाले पदक प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


मन्त्रीपरिषद्को २०७५ जेठ १३ गते बसेको वैठकको सैद्धान्तिक स्वीकृति पश्चात प्रकृति संरक्षण पदक प्रदान गर्ने स्थायी कार्यविधि अनुसार प्रत्येक वर्षको असोज ०३ गते (संविधान दिवस) प्रकृति संरक्षण कार्यमा योगदान पुर्‍याउने नेपाली सेनामा कार्यरत सकलदर्जालाई प्रकृति संरक्षण पदकबाट विभुषित गरिन्छ ।