काठमाडौँ – नागढुंगाबाट १५ किलो चरेससहित तीनजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत थानकोट र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।

बुधबार धादिङको गजुरीबाट चरेस मगाएको भन्ने सुराकीको आधारमा सिन्धुपाल्चोक घर भएका दिनेश कार्की, सुनिता तिमल्सिना र विश्वास थापा पक्राउ परेका महानगरीय प्रहरी परिसरका प्रवक्त डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


तस्करले प्रयोग गरेको २२० सीसीको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर ल्याएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया