काठमाडौँ – एनआईसी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैँकले धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोकमा शाखा सुरुवात गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको आइतबार प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका छन् । कार्यक्रममा प्रदेश नं.२ नीति आयोगका सदस्य डा. सुरेन्द्र झा लगायतको पनि उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


बैंकले देशभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।