काठमाडौँ– सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो खेलमा अफगानिस्तानले नेपाललाई जितका लागि १९१ रनको लक्ष्य दिएको छ । अफगानिस्तानले दिएको १९१ रनको लक्ष्यसहित नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।


ADVERTISEMENT


पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९ ओभर ४ बलमा अलआउट हुँदै १९० रन बनायो ।
नेपालका लागि साहिब आलमले ३, पवन सरार्फले र सन्दिप लामिछानेले २/२ तथा, किशोर महतो र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।


ADVERTISEMENT

# # #


अफगानिस्तानका लागि नाबिद ओविद र इब्राहिम जार्दनको जोडीले ७५ रनको साझेदारी बनाउनु बाहेक अरूले खुलेर खेल्न सकेनन्