काठमाडौँ – युवा सघ नेपाल झापाले जिल्लाको अर्जुनधारा नगरपालिकाको सालबारीमा २९औ स्थापना दिवसको असवर पारेर अन्तरक्रिया तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ।


ADVERTISEMENT


बुधवार अर्जुनधारा नगरपालिकाको सुुखानी स्मृति पार्कमा एक कार्यक्रमका वीच २९औ स्थापना दिवस मनाएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रदेश १ का अध्यक्ष देवराज घिमिरेको प्रमुख आथित्यतामा भएको अन्तरक्रियामा केन्द्रीय सदस्य देवेन्द्र दाहाल, युवा संघ नेपालका केन्द्रीय सदस्य राजु कार्की, नेपाल कम्युनिष्ट पार्टीका प्रदेश १ का सदस्य झलकसिंह दर्लामी, झापाका अध्यक्ष चिन्तन पाठक, लगाएतले शुभकामना दिएका थिए ।


ADVERTISEMENT

# # #


सोही अवसर मा सुखानी पार्क युवा सघ झापाले विभिन्न प्रजातिको १सय धेरै जडिबुटीका विरुवा रोपेको छ।

२०४७ सालमा वर्तमान प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा स्थापना भएको युवा सघ नेपालले २९औ स्थापना दिवसको अवसर पारेर आज नेपालभर विविध कार्यक्रम आयोजना गरेको छ ।