काठमाडौँ – प्रभु बैंकले काठमाण्डौ जिल्ला काठमाण्डौको ढुंगेधारामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले एक समारोहका विच समुद्घाटन गरेका छन् ।


ADVERTISEMENT


प्रभु बैंक लि. का सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको ढुंगेधारा शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुभकामना मन्तव्य राखेका थिए । डेपुटी गभर्नर श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न स्थानहरुमा आफ्नो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई आफ्नो गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेकोमा प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको ढुंगेधारा शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही लगायत अन्य ग्राहकहरु लाभान्वित हुने बैँकले जनाएको छ ।