काठमाडौँ – एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ।


ADVERTISEMENT


कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका १० जनाको समूहले तोडफोड गरेको एभिन्युज टेलिभिजनले जनाएको छ । समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले तोडफोड गरेको उसले बताएको छ ।


ADVERTISEMENT

# # #


पप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा आइतबार प्रसारण भएको थियो। उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्किएका थिए ।

उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।