काठमाडौं – युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले १३ औं सागको तयारीमा सरकार जुटिरहेको बताएका छन् । आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्नेगरि सरकार तयारीमा जुटिरहेको उनले विश्वास दिलाए ।


ADVERTISEMENT


शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री विश्वकर्माले अब साग प्रतियोगितको मितिमा कुनै द्विविधा नभएको पनि स्पष्ट पारे । उनले सरकारको आर्थिक वर्ष २०७६/७७ सालको नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको १३ औं साग प्रतियोगिता आयोजना गर्ने कुरा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनको क्रममा भनिसकेको र कार्यक्रम पनि पारित भैसकेको जनाए ।


ADVERTISEMENT

# # #


१३ औं साग नेपालको लागि गौरवको विषय भएकोले भव्यताका साथ सम्पन्न गर्नका लागि तयारी गरिरहेको जानकारी दिए । उनले प्रतियोगिता तयारी तथा व्यवस्थापन समिति गठन भएको र प्रतियोगिताका लागि छिट्टै लोगो र मस्कट सार्वजनिक गर्ने बताए ।

मन्त्री विश्वकर्माले सिमित स्रोत र साधनको बावजुदपनि नेपालले खेलकुद क्षेत्रमा प्रगति गरिरहेको स्पष्ट पारे । उनले यो प्रतियोगितमा धेरैभन्दा धेरै पदक जित्ने आफूहरुको लक्ष्य र विश्वास रहेको पनि दाबी गरे ।प्रतियागिताका लागि खेलाडी छनौट गरिसकेपछि बन्द शिविरमा राखेर आवश्यक प्रशिक्षण दिने उनले जनाए । नेपालले तेस्रो पटक आयोजना गर्न लागेको प्रतियोगितामा २७ वटा खेल समावेश हुनेछन् ।

त्यस्तै, प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार निर्माणका काम तिव्र गतिमा भैरहेको पनि उनले जनाए । ‘भुकम्पपछि भत्किएको दशरथ रंगशालाको पूर्ननिर्माणको काम अन्तिम चरणमा पुगेको छ ।’ उनले भने, ‘सातदोबाटो पौडी पोखरीको पनि निर्माण कार्य सम्पन्न भैसकेको छ । सातदोवाटोकै तेक्वाक्दो र कराँतेको हलपनि निर्माण भैसकेको छ ।’ असार मसान्तसम्म सबै संरचनाको निर्माण कार्य सम्पन्न भैसक्ने मन्त्री विश्वकर्माको दाबी छ ।

मन्त्री विश्वकर्माले साग प्रतियोगिता आयोजना तथा सञ्चालनसम्बन्धी कार्यविधिपनि आउने हप्ता मन्त्रिपरिषद बैठकमा पेश हुने जनाए ।

खेलकुद क्षेत्रको विकासको लागि सरकारी, निजी तथा गैरसरकारी सबैले मिलेर सहकार्य गर्नुपर्ने पनि उनले आवश्यकत्ता औंल्याए । धुर्मुश–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न लागेको कुरा सकारात्मक भएको पनि उनले विश्वास दिलाए ।

सरकारले खेलाडीको सेवा र सुविधामा पनि विशेष ध्यान पुर्याएको मन्त्री विश्वकर्माको दाबी छ । आगामी २/४ वर्षभित्र नेपालमा पूर्वाधारको कुनै अभाव अर्थात प्रतिकुलता नहुनेपनि उनको जिकिर छ ।