काठमाडौँ – प्रतिपक्षी नेपाली कांग्रेसले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा गम्भीर छानबिन गर्नुपर्ने माग राखेको छ ।


ADVERTISEMENT


मंगलबार एक विज्ञप्ती जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्यतथ्यको खोजी गरेर दोषीलाई कारबाही गर्नका लागि सरकारको ईमान्दार विवेक परीक्षाको कसीमा रहेको बताए ।


ADVERTISEMENT

# # #


उनले वैशाख २५ मा शुरु हुने कांग्रेसको ‘राष्ट्रिय जागरण अभियान’ मा सबैखाले विसंगतिकाविरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइइने जानकारी दिए ।

गत वैशाख १६ गते प्रतिनिधिसभा बैठकमा सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरणबारे बोलेको स्मरण गराउँदै प्रेस नोटमा भनिएको छ ‘उहाँले पार्टीका तर्फबाट कडा अभिमत व्यक्त गरिसक्नु भएको छ। कांग्रेस सो प्रकरणमा गहिरो छानवीन गरेर दोषीलाई दण्डित गरिनुपर्नेमा एकमत र प्रष्ट छ ।’

‘बालुवाटारको जग्गा को ब्यक्तिका नाममा, कसरी पुग्यो, त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसविचमा तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ, ‘दोषीलाई जोगाउने ढंगले, बिषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरुप्रति सजगताका लागि नेपाली कांग्रेस सबैमा अपिल गर्दछ ।’