काठमाडौँ – शुक्रबार बिहानैदेखि काठमाडौँ लगायत देशका पहाडी भेगमा पानी परेको छ । पूर्वी भूभागमामा बनेको न्युन चापीय रेखाकाका कारण मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


महाशाखाका अनुसार आज देशका पूर्वी क्षेत्रका भूभागतथा मध्य र पश्चिमका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।आज राती देशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेपनि अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहनेछ ।


ADVERTISEMENT

# # #


यस्तै शनिबार देशको पूर्वी तथा मध्य भूभाग र पश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभूति पोखरेलले जानकारी दिइन्।यस्तै शनिबार राती पूर्वी तथा मध्य र पश्चिमका पहाडी भूभागमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ भने बांकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार दिउँसो पनि देशको पूर्वी तथा मध्य पहाडी भूभागगमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार राती देशको पहाडी भेगमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया मौसम सफा रहने महाशाखाको भनाई छ ।