काठमाडौँ – प्रभु बैंकले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


सूचना प्रविधिको उपयोग गर्दै आफ्नो घर, कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाट अझै सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्न सक्ने व्यवस्था मिलाईएको छ । अब बैंकले सञ्चालनमा ल्याएको अनलाइन खाता खोल्न चाहने ग्राहकहरुले प्रभु बैंकको शाखा कार्यालय पुग्नु पर्ने छैन ।


ADVERTISEMENT

# # #


अनलाईन खाता खोल्नका लागि आवश्यक पर्ने कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको बैँकले जनाएको छ । यसका लागि यो सम्पूर्ण प्रकृयाको लागि बैंकको वेबसाइटमा रहेको ‘Online a|c Opening’ बटन क्लिक गर्नुपर्नेछ ।

यस सेवाबाट ग्राहकको समय बचत हुने तथा बिना झण्झट आफ्नो समय अनुकुल आफु रहेको स्थानबाट खाता खोली प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले अधिकतम् ग्राहकहरुले यसबाट लाभ लिने बैँकको विश्वास रहेको छ ।