काठमाडौँ – मलेसियामा भएको यू–१९ विश्वकप छनोटमा नेपालले अन्तिम खेलमा जितका साथ प्रतियोगिता टुंगाएको छ ।


ADVERTISEMENT


बिहीबार कुवेतलाई ८ विकेटले पराजित गर्दै सुखद अन्त्य गरेको हो । प्रतियोगिताको उपाधी जित्दै अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा सहभागी हुने उद्देश्यका साथ मलेसिया पुगेको नेपाली टिमका लागि वर्षा बाधक बनेपछि विश्वकपमा छनोट हुन सकेन ।


ADVERTISEMENT

# # #


मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको कुवेतले ४९.४ ओभरमा सबै विकेटछ गुमाउँदै १५७ रन बनायो । १५८ रनको लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको नेपालले २८ ओभरमा २ विकेट गुमाउँदै १६० रन बनायो ।

सम्बन्धित समाचार : नेपाल यू-१९ विश्वकपमा छनोट हुन सकेन, वर्षाले पार्यो सपना चकनाचुर

नेपालका लागि पवन सर्राफ र रित गौतमले उत्कृष्ट सुरुवात दिलाए । उनीहरुले पहिलो विकेटका लागि १९.२ ओभरमा ९३ रनको साझेदारी गरे । पवनले ६१ बलमा ८ चौका र एक छक्काको मदतमा ५३ रनको अर्शतकीय पारी खेले  ।

आफ्नो पहिलो अर्धशतक बनाएका रित गौतम दोस्रो विकेटका रुपमा ६२ रन बनाएर आउट भए । उनले ८४ बलमा ७ चौका प्रहार गरे । यस्तै आशिफ सेख २० बलमा ३३ रन बनाएर नटआउट रहे । सो क्रममा उनले ५ चौका र एक छक्का प्रहार गरे । सन्दीप जोरा एक चौकाका साथ ३ बलमा ५ रनमा नटआउट रहे ।

यता कुवेतका लागि हामौद अमानुल्लाह र अब्दुल सदिकले समान १-१ विकेट लिए ।

यसअघि कुवेतले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १५७ रन बनायो । उसका लागि नोमान बुद्रो एक्लैले ७० रन बनाए ।

खराब सुरुवात गरेको कुवेतले १२ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । तर, चौथो नम्बरमा आएका नोमानले तेस्रो विकेटका लागि गोलुक कुमारसँग ७४ रनको साझेदारी गरे । यो साझेदारी टुटेपछि कुवेतले लगातार विकेट गुमायो । सातौं विकेटका लागि हमौद अमानुल्लाहले नोमानसँग ३० रनको साझेदारी गरे ।

कुवेतको एउटा एण्ड सम्हालेका नोमान उनी अन्तिम विकेटका रुपमा आउट हुनुअघि १२० बलको सामना गरे । उनले ८ चौका हानेका थिए ।

नेपालका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट बलिङ गरे । ३ ओभर बलिङ गरेका उनले मात्र १३ रन खर्चिएर ३ विकेट लिए ।