गलकोट – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र पार्टीबीचको एकीकरण चिनी पानीको मिश्रण जस्तै भएको बताएमा छन् ।


ADVERTISEMENT


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटिले आज हटियामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेकपाका नेता तथा मन्त्री विष्टले पार्टी फुट्ने कुरा इतिहासले नस्वीकार्ने भन्दै नेकपाको एकता बालुवा पानीको मिश्रण नभएर चिनी पानीको मिश्रण भएको बताए ।


ADVERTISEMENT

# # #


उनले सरकारले समृद्धिको जग बसाल्न सफल भएको भन्दै कार्यकर्तालाई धैर्य रहन आग्रह गरे । उनले सिङ्गो पार्टीपङ्ति तथा कार्यकर्तालाई सरकारले गरेको राम्रा कामको प्रचारप्रसार गरी उपयुक्त सुझाव प्रदान गर्न आग्रह गरे । मन्त्री विष्टले यही वैशाख १ गते गलकोटको विभिन्न क्षेत्रमा बाढीले पुर्याएको क्षतिको विवरणका बारेमा आफूले अध्ययन गरेर राहत प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका गिए ।

स्थानीय सरकारलाई थप बलियो बनाइने

उनले स्थानीय सरकारलाई थप बलियो बनाउन वर्तमान सरकार लागिपरेको बताए । बागलुङ जिल्लाको गलकोट नगरपालिकाले आज बिहान आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री विष्टले केन्द्रीय सरकारले चालेको आयोजना स्थानीयस्तरमा आउँदा प्रभावकारी नहुने परिपाटीको अन्त्यका लागि स्थानीय सरकारलाई थप जिम्मेवार बनाउने बताए ।

उहाँले स्थानीय सरकारलाई काम गर्न दिँदा छिटो विकास हुने बताउँदै ठूला योजनाबाहेक सबै योजनालाई स्थानीय सरकारबाटै कार्यान्वयनमा ल्याउने बताए मन्त्री विष्टले यही वैशाख १ गते गलकोटको विभिन्न क्षेत्रमा बाढीले पु¥याएको क्षतिको विवरण प्राप्त हुँदासाथ केन्द्रीय सरकारले राहत प्रदान गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

मन्त्री विष्टले एक पालिका र अर्को पालिकाबीच समन्वय गरेर ठूला योजनाको प्रस्तावना ल्याएमा आफूले सहयोग गर्ने भन्दै तत्काल गलकोटमा १५ श्ययाको अस्पताल बनाउनका लागि पहल गरिने बताए । उनले सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिकामा अस्पताल, कार्यालयका लागि जग्गा प्राप्ति तथा लोकमार्गको मापदण्डका बारेमा मन्त्री विष्टलाई जानकारी गराएका थिए । उनले नगरपालिकाको विकास योजनाको प्रस्तावनापत्र मन्त्री विष्टलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, चन्द्रसागर बुढालगायतको उपस्थिति रहेको थियो । रासस