काठमाडौँ – आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल ‘सुप्रवल जनसेवा श्री’ मानपदवीबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्देशक ढकाललाई राष्ट्रपति कार्यालय शितलनिवासमा आयषेजित एक विशेष समारोहमा उक्त सम्मान प्रदान गरेकी हुन् ।


ADVERTISEMENT


गत वर्षको संविधान दिवसका अवसरमा विभूषण प्रदान गर्न घोषणा भएबमोजिम ढकालले नयाँ वर्षको अवसरमा आइतबार उक्त मानपदवी प्राप्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


अमेरिकास्थित एमआइटीबाट इएमपीमा मास्टर र प्रसिद्व हावर्ड विश्वविद्यालयबाट ओनर प्रेसिडेन्ट म्यानेजमेन्ट प्रोग्राममा तीन वर्षको कोर्ष पुरा गरेका ढकाल सन् १९९० को दशकदेखि नै विभिन्न पेशा–व्यवसायमा आवद्ध रहँदै आएका छन् । ढकाल आइएमई ग्रुपको प्रवन्ध निर्देशकका अतिरिक्त डीस होम मिडिया नेटवर्क र आइएमई जनरल इन्सोरेन्सका अध्यक्ष समेत हुन् ।