काठमाडौं – सरकारले दूरसञ्चार कम्पनी एनसेललाई पुँजीगत लाभकर कर तिर्न बोलाएको छ । ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ पुँजीगत लाभ कर तिर्नका लागि समयसीमा दिएरै एनसेललाई सूचना जारी गरेको छ ।


ADVERTISEMENT


टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभको कर एनसेल र एक्जियटालाई तिराउने फैसला सर्वोच्च अदालतले गत माघमा दिएको थियो।


ADVERTISEMENT

# # #


फैसलाको पूर्ण पाठ नआउन्जेल सरकारले एनसेलले तिर्नुपर्ने कर निर्धारण गरेको थिएन। गत साता सर्वोच्च उक्त फैसलाको पूर्ण पाठ दिँदै तीन महिनाभित्र एनसेलबाट पुँजीगत लाभकर उठाउन सरकारलाई भनेको थियो। सर्वोच्चले तीन महिनाभित्रै एनसेलबाट कर असुल्न सरकारलाई आदेश गरेको थियो । एनसेल खरिद विक्री भएको मुल्य १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजारका आधारमा पुँजीगत लाभ कर तोक्नुपर्ने फैसलाको निश्कर्ष थियो ।

त्यसबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ कर निर्धारण हुने ठहर भएको थियो । विभागले भने कर, शुलक र ब्याज गरी ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ असुल गर्ने निर्णय गरेको छ ।

त्यसमध्ये एनसेलले खरिदबिक्रीबापत २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रूपैयाँ यसअघि नै कर तिरेको थियो भने २ अर्ब २६ करोड २३ लाख ४ हजार ८ सय ५१ रूपैयाँ विलम्ब शुल्कवापत् पनि भुक्तान गरेको थियो ।

अब ६२ अर्बमध्ये बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ एनसेलले सात दिनभित्रै तिर्नुपर्ने भएको छ । यसमा वैशाखसम्म ८ अर्ब ३९ करोड ब्याज र १ अर्ब ८३ करोड ऐन बमोजिमको शुल्क पनि जोडिएको छ ।