एजेन्सी – फ्रान्सको राजधानी पेरिसस्थित ८५० वर्ष पूराना विश्वप्रसिद्ध चर्च नोट्र ड्याममा सोमवार राती आगलागी हुँदा पूर्ण रुपमा ध्वस्त भएको छ ।


ADVERTISEMENT


युनेस्कोको विश्व सम्पदामा सूचीकृत नोट्र ड्याममा सोमबार साँझ स्थानीय समयअनुसार पौने सात बजे आगो लागेको थियो। फ्रान्सको गोथिक आर्किटेक्चरको नमूनामा मानिने उक्त क्याथोलिक क्याथेड्रलमा लागेको आगो निभाउन ४०० अग्निनियन्त्रकलाई झन्डै आठ घन्टा लाग्यो।


ADVERTISEMENT

# # #


क्रिश्चियन आस्थाको महत्वपूर्ण केन्द्रका रुपमा रहेको यो चर्चमा आगो के कारणले लाग्यो भन्ने खुल्न सकेको छैन ।

घटनापछि फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायतले दुःख व्यक्त गरेका छन् । फ्रान्सेली राष्ट्रपति म्याक्रोले ट्वीट गर्दै भनेको छन्, ‘सम्पूर्ण देशवासीहरु जस्तै म पनि आज एकदमै दुःखी छु किनकी हाम्रो एउटा धरोहर जलिरहेको छ ।’