गुल्मी – गुल्मी जीप दुर्घटनामा पूर्वसांसद रुद्रमणि भण्डारीसहित दुईजनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


जिल्लाको मुसिकोट नगरपालिका– १ पौदीको रङ्गनाममा जीप दुर्घटना हुँदा नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रुद्रमणी शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको हो। नेटाबाट तम्घास जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप बिहीबार बिहान ९ बजे दुर्घटनामा परेको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा धुर्कोट गाउँपालिका–५ बस्तुका भण्डारीसहित मालिका गाउँपालिका–१ नेटाका १३ बर्षीय ओसर विकको मृत्यु भएको प्रहरी प्रमुख दिपक कुमार बस्नेतले बताए ।

दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइते मध्ये मालिका गाउँपालिका २ का ३६ वर्षका कमल पुरी, ३२ वर्षीय सुर्यबहादुर थापा, २५ वर्षीया कोशिला थापा, १८ वर्षका नरेन्द्र श्रीसको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्रबहादुर खड्काले बताए ।

त्यस्तै मुसिकोट नगरपालिका १ की ३८ वर्षीया रिमा भटराई, सोहि स्थानका ४० वर्षीया भोजबहादुर भटराई, मालिका गाउँपालिका २ का ३ वर्षीया कृतिमा थापा र ५ वषका जेनिस थापा सामान्य घाइते भएको खड्काले बताए ।

गम्भिर अवस्था रहेका घाइतेलाई गुल्मी अस्पताल र बाँकीलाई वामी स्वास्थ्यचौकी पठाइएको छ । जीप सडकबाट एक सय मिटर तल खसेको थियो ।